फुटबल प्रतियोगिताको बिजेताले क्रमश २ लाख २२ हजार, उपबिजेताले १ लाख ११ हजार र फस्ट रनरअपले ५५ हजार पुरस्कार पाउने छन।

भदौ २४,काठमाडौं ।काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नं ३ स्थित पर्यटकिय नगरी जहरसिंपौवामा यहि असोज १२ गतेदेखि असोज २३ गतेसम्म फुटवल प्रतियोगिता आयोजना हुने भएको छ।२०८१ सालको बडा दशैमा आयोजना हुने उक्त प्रतीयोगिता  शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवा खेल मैदानमा हुँदैछ।प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ रहेको उक्त प्रतियोगिताका उपबिजेताले १ लाख ११ हजार १ सय ११ पाउनेछन भने सान्त्वना पुरस्कार स्वरुप फस्ट रनरअपले ५५ हजार ५ सय पचपन्न पाउनेछ्न।

जहरसिंपौवा क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको जहरसिंपौवा युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो।यस प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको बिकासमा महत्वपूर्ण टेवा पुर्याउन सहयोग पुग्ने आयोजक जहरसिंपौवा युवा क्लबका अध्यक्ष बासु वाईबा बताउनुहुन्छ।नक आउट चरणमा सम्पन्न हुने उक्त प्रतियोगिताको टिम दर्ता यहि भदौ २३ गतेबाट शुरु भैसकेको र टिमले दर्ताका लागि प्रत्येक टिमले १० हजार  प्रवेश शुल्क बुझाउनु पर्ने  छ।

जहरसिंपौवा युवा क्लबको आयोजनामा गत बर्ष पनि करिव २ लाख पुरस्कार राशिको फुटवल प्रतियोगिता आयोजना गरेको थियो।

राजनीतिक आदर्शमा आएको ह्रासले दलहरुले जनताका अपेक्षा अनुसार काम गर्न सकेनन् : राष्ट्रपति पौडेल

६ लाख नागरीकहरु विस्थापित हुने फैसला पुनरावलोकन गरिनुपर्छ : सांसद राजेन्द्र पाण्डे