काठमाडौँ : शंखरापुर नगरपालिकाको साँखुमा खेलकुदका सामाग्रीदको पसल खुलेको छ| लामो समय सशत्र प्रहरीबाट फुटबल खेलेका संखारापुर १, नाङ्गलेभारे निवासी फुटबलका  खेलाडी रमेश दंगालले सो व्यवसाय संचालन गरेका हुन्| करिव २५ लाख लगानीमा संचालन भएको उनको यो व्यवसाय शंखरापुरमा पहिलो भएको दंगाल बताउछन| लामो समय एपीएफ ,नेपाल पुलिस तथा नेपालका अन्य प्रतिष्ठित क्लबबाट  फुटबल खेलेका दंगालले  थुप्रै  प्रतियोगिताहरुमा आफ्नो टिमलाई पदक  दिलाईसकेका  छन्|

शंखरापुर नगरपालिका वडा नं ७ स्थित साँखु रोडमा संचालित उक्त्त स्पोर्ट्स सपमा विभिन्न ब्राण्डका  फुटबलहरु , स्पोर्ट्स सुज, जर्सिहरु, ट्रयाक तथा अन्य खेलकुद सामाग्री सुपथ मुल्यमा पाईने दंगाल बताउछन| लामो समय खेल क्षेत्रमा लागेर योगदान गरेका दंगाल कोभिड पछिको लकडाउनका कारण खेलक्षेत्रमा फर्कन सकेका छैनन| हाल अन्य काम नभएकाले स्वोरोजगार बन्न आफुले यो व्यवसाय गरेको दंगाल बताउछन| अबको केहि समयपछि सम्भाव्यता अध्ययन गरेर व्यवसायलाई थप बिस्तार गर्ने योजनामा  रहेको समेत उनि बताउछन|

 

 

 

 

 

 

मेयर श्रेष्ठद्वारा कृषकलाई हात्ते ट्याक्टर वितरण

चापाबोट मा.बि.को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न