जेठ ८ गते काठमाडौं।

नेकपा (एस) निकट अनेरास्ववियू केन्द्रिय कमिटीले माननीय भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई यातायातमा विद्यार्थी परिचय पत्रका आधारमा ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यनयन गर्न माग गरेको छ । ज्ञापन पत्र बुझाउदै अनेरास्ववियू महासचिव आरती लामाले विगतमा नेपाल सरकारले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने निर्णय गरेता पनि देश भरी कहि पनि कार्यान्वयन नरहेको, लामो दुरीका यात्रामा एक रुपैया पनि छुट नदिने, काठमाडौंमा विदाको दिन छुट नदिने, ८ बजे पछि नदिने, तीन पाङ्रे सवारीमा छुटै नदिने जस्ता समस्या रहेको बताउनु भयो । ज्ञापन पत्रमा उक्त छुट प्रतिशत कार्यान्वयन नभए अनेरास्ववियू आन्दोलित हुने बताएको छ । मन्त्री प्रकाश ज्वालाले उक्त कुरा देशभर तत्काल कार्यान्वयन गर्न यातायात व्यवस्था विभागका डिजि नारायण भट्टराईलाई निर्देशन दिनुभयो ।
ज्ञापन पत्र अनेरास्ववियू कार्यवाहक अध्यक्ष हिरेन्द्र शाहीको नेतृत्वमा बुझाएको थियो ।

शंखरापुर -३ जहरसिंपौवामा निर्माणाधीन विश्व शान्ती छ्योर्तेनको रफ्ट ढलान सम्पन्न

प्रधानमन्त्रीद्वारा प्रेस सेन्टर नेपालको १९ औं साधारणसभाको साँखुमा उद्घाटन