एजेन्सी । चीनमा पछिल्ला दिन लगातार परिरहेको भीषण वर्षापछि आएको बाढीमा परेर १०० जनाभन्दा बढीको मृत्यु भएको छ । अविरल वर्षापछि नदीहरुमा पानीको सतह ह्वात्तै बढेको छ भने केही बाँधहरु समेत फुटेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्याम सीसीटिभीका अनुसार चीनको ठूलो नदीमध्ये याङ्त्जी नदीको सहायक नदी चुही नदीमा बाँधिएको शक्तिशाली बाँध विष्फोट भएको छ ।

अविरल वर्षापछि यी नदीहरुको पानीको सतह असामान्य रुपमा बढिरहेको समेत बताइएको छ । अविरल वर्षापछि पानीको सतह १५ मिटरभन्दा माथि पुगेपछि विश्वकै सबैभन्दा ठूलो मानिने याङ्त्जी नदीमा रहेको बाँध गत हप्ता खोलिएको थियो । त्यहाँका आधिकारिक मिडिया रिपोर्टकाअनुसार जुन महिनामा मात्र त्यहाँ अविरल वर्षापछिको बाढीमा परेर १४० जनाको ज्यान गएको बताइएको थियो ।

पछिल्लो बाढीका कारण ३८ लाख मानिसहरु नराम्री प्रभावित भएको बताइएको छ भने २।२४ लाख मानिसहरु विस्थापित भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्म तिब्बत, युन्नान, गुईझोउ र गुआंशीका केही भागमा भारी वर्षा र आँधीबेहरीको पूर्वाअनुमान गरिएको त्यहाँका सञ्चारमाध्यामहरुले जनाएका छन् ।

राप्रपामा सुरु भयो कारवाहीको श्रृंखला, किरण गिरीलाई हटाइयो केन्द्रीय सदस्याबाट

म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै चेल्सी एफ ए कप फुटबलको फाइनलमा प्रवेश