काठमाडौं । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको छतबाट लडेर मृत्यु भएको हो ।

बुधबार साँझ पौने ६ बजे छतबाट धानखेतमा खसेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको र चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

उनको काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोस्टमार्टम गरिएको छ ।

 

 

भारतको राज्यसभामा बहुमतमा आयो मोदी समर्थित एनडीए गठबन्धन

भीम रावलको प्रश्न- टुँडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने?

Related Posts