१८ असोज, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर  २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । २४ घन्टामा  देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिईयो|

जसमध्ये  १५९९ जना काठमाडौं उपत्यकाका छन्|यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ।

हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयका प्रवत्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो|
यो संगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ|

 

मुन्द्रेको कमेडी क्लब, “दिपाश्री आउट, करिश्मा ईन”

भक्तपुर बलात्कार घटनाका आरोपी सार्बजनिक