भेलाले रास्वपाको महाधिवेशनको मिति समेत तोकिने बताइएको छ। 

असोज १ काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला मंगलबार (आजबाट)शुरु हुँदैछ।

करिव १५ सय प्रतिनिधि सहभागी हुने उक्त भेलाको आज ११: ०० बजे काठमाडौँको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको हलमा उदघाटन हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुनेछ।

पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो।सो भेलामा देशभरबाट उल्लेख्य संख्यामा कार्यकर्ता सहभागी हुने रास्वपाले बताएको छ।

भेलाले रास्वपाको महाधिवेशनको मिति समेत तोकिने बताइएको छ।

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक :प्रचण्ड

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढालाई प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त