चैत ३०, काठमाडौं।

शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंपौवाको जंगलमा एक पुरुषको लाश भेट्टिएको छ।हिजो चैत २९ गते दिउँसो बिदशी पर्यटकले जहरसिंपौवा स्थित पिकनिक स्पटको शौचालायमा बेवारिशे लाश देखेर स्थानिय बासिलाई खबर गरेका थिए।उक्त लाश बेलुका ९:०० बजे स्थानियबासी मृतकको परिवार तथा प्रहरीको सहयोगमा पोस्टमार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ।

साथै मृतक मेलम्ची नगरपालिका वडा नं ४ का ३८ बर्षिय संजय तामाङ भएको प्रहरी प्रभाग साँखुकी प्रमुख प्रहरी निरिक्षक फुलमाया घिसिङले बताउनुभयो।उनी फागुन १३ गतेदेखी सम्पर्कबिहिन थिए।घटना स्थलको बस्तुस्थिती हेर्दा घटना १ महिना अगाडी नै भएको देखिन्छ।

शंखरापुरका बिजय चौलागाई सहभागी नेपालको टिमले भारतको हिमाचलमा जित्यो प्याराग्लाईडिङमा ५० हजार।

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन