असोज १३, काठमाडौँ|
 कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखा द्वारा विश्व रेबिज दिवसको अवसरमा नगर भित्रका घर पालुवा तथा समुदायमा छाडा कुकुर तथा बिरालोहरुलाई निशुल्क रेबिज भ्याक्सिन लगाउने कार्यक्रमको सुरुवात भएको छ | यहि  असोज ११ गते नगरपालिकाको प्राङ्गणमा शुरु उक्त्त कार्यक्रमको सुरुवात  कागेश्वोरी मनोहराकाका मेयर  कृष्णहरि थापाको उपस्थितिमा भएको थियो | एक साता सम्म चल्ने खोप कार्यक्रममा करिव १ हजार भन्दा बढी  घरपालुवा तथा सामुदायिक  कुकुर बिरालोहरुलाई रेबिज  बिरुद्दको खोप लगाइएको पशु स्वास्थ्य शाखाका रामेश्वर फुयालले  समुदाय खबरलाई जानकारी गराए| फुयालले  असोज १२ गते आलापोट स्थित कृष्ण चौरमा  १००  वटा घर पालुवा र  सामुदायिक कुकुर बिरालोहरुलाई रेबिज खोप लगाइएको जानकारी दिए |
रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।रोगका जिवाणुहरु रोगी पशुको र्यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । रेबिज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा हो भन्ने शंका लागेका पशुले टोके तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव रहेको छ|
यस खोपबाट यस नगरपालिका धेरै जनावरहरुलाई खोप लगाईने र सो यस्ता प्राणघातक रोगहरु निर्मुल पार्न धेरै हदसम्म सहयोग पुग्ने विश्वासका साथ स्थानीयले राम्रो सहभागिता र सहयोग गरिरहेको फुयालले जानकारी गराए|

आँधीखोला जलविद्युत् आयोजनाको अध्ययन प्रगतिबारे मन्त्रि अर्यालको चासो

कविता ‘अन्तराष्ट्रिय कवि’