दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

डिआइजी कार्कीले ल्याए ‘फूलको वासना सरी’: गृहमन्त्रीले गरे सार्वजनिक

Related Posts