असोज २८ काठमाडौँ |

कोरोना भाइरस (कोभिड १९) बाट “आफु बचौ र , अरुलाई बचाऊ”  भन्दै हात धुने अभियानको संचालन गरिएको छ| शंखरापुर नगरपालिका त्तथा होम नेट नेपालको सहकार्यमा सो अभियान संचालन गरिएको होम नेट नेपाल शंखरापुरका कार्यक्रम संयोजक बुद्धभक्त्त चित्रकारले जानकारी दिनुभयो | असोज २८ गते देखि संचालन  भएको सो  अभियानको आज एक कार्यक्रमका बीच शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवाबाट शुरु गरिएको हो |

 

सो कार्यक्रको आज  होम नेट नेपाल शंखरापुरका कार्यक्रम संयोजक बुद्धभक्त्त चित्रकार तथा शंखरापुर  नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सन्तबहादुर वाईबाले संयुक्त रुपमा साबुन पानीले हात धोएर शुरुवात गर्नु भएको हो | होमनेट  नेपालले कोरोना नियन्त्रणका लागि विभिन्न वडामा स्यम्सेवक समेत परिचालन गरिरहेको छ| पछिल्लो समय शंखरापुर नगरपालिकामा कोरोना सन्क्रमितको संख्या दिनानुदिन बढिरहेको छ|

 

 

काठमाडौँ जिल्ला प्रसाशनलाई बुझायो अनेरास्ववियूले ज्ञापनपत्र

शंखरापुर ३ मा नवनिर्मित बिधालय कबर्ड हल हस्तान्तरण