असोज २५ काठमाडौं।
यहि असोज २८गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुन गईरहेको नवौ राष्ट्रिय खेलकुदका लागि शंखरापुर नगरपालिकाबाट  दुई युवा खेलाडी बिजय चौलागाई र बिरेन्द्र गुरुङ छनोट भएका छन्।शंखरापुर नगरपालिका वडा नं २ निवासी दुई खेलाडिलाई आज शंखरापुर नगरपालिका मेयर रमेश नापित र उपमेयर समिता श्रेष्ठले संयुक्त रुपमा बिदाई गरेका हुन।शंखरापुर नगरपालिकाका दुई सहित बागमती प्रदेशबाट उक्त खेलमा ११ जनाले प्रतिनिधित्व गर्दैछन् ।

लामो समयदेखी शंखरापुर नगरपालिका वडा नं २ को  शंखरापुर प्याराग्लाईडिङ कम्पनिमा पाईलटको रुपमा कार्यरत चौलागाईं र गुरुङ आज  उक्त प्रतियोगितामा भाग लिन गण्डकी प्रदेशको पोखरा प्रस्थान गरेका हुन्।

पछिल्लो समय साहसिक खेलमार्फत पर्यटन प्रबर्द्धन गर्दै आएको प्याराग्लाईडिङ खेल देशका विभिन्न ठाँउमा बिस्तार भैरहेको छ।उक्त प्रतियोगितामा आफुले शंखरापुर नगरपालिकाको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको र प्रतियोगिता जित्नेमा ढुक्क रहेको समेत सो अवसरमा उनिहरुले बताएका हुन।

एकिकृत समाजवादी निकट सहकारी संगठनको अध्यक्षमा अर्याल र उपाध्यक्षमा दंगाल चयन

अस्ताईन कलाकार सुशिला घ्लान