काठमाडौं जेठ ८ । शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा निर्माणाधीन विश्व शान्ती झ्याङछुप छ्योर्तेनको रफ्ट ढलान कार्य गरिएको छ । २०७९ साल चैत्र २३ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिलान्यास गरेको उक्त विश्व शान्ती झ्याङछुप छ्योर्तेन बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयवाट करिव २५ लाख रुपैया बजेट बिनियोजन भएको थियो ।आगामी २ बर्षमा सम्पन्न हुने गरि कार्य अघि बढाइएको निर्माण समितिले जानकारी गराएको छ ।

छ्योर्तेनको निर्माण संगै जहरसिंपौवाको पर्यटन बिकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको छ । ढलान कार्यमा शंखरापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सूर्य बहादुर तामाङ ,पूर्व वडा अध्यक्ष सन्त बहादुर वाईबा ,प्राबिधीक नवीन घिसिङ छ्योर्तेन निर्माण उपभोक्ता समितिको पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।विश्व शान्ती झ्याङछुप छ्योर्तेन निर्माणले शंखरापुर नगरपालिका र काठमाडौँकै पुरातात्त्विक महत्वका सम्पदा संरक्षण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउने बिश्वास गरिएको छ ।

अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

विद्यार्थीलाई ४५ प्रतिशत यातायातमा छुट कार्यान्वयन गराउन अनेरास्ववियूले बुझायो मन्त्रीलाई ज्ञापन पत्र