भदौ १७ काठमाडौं।

काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ । पर्यटन मन्त्री जिवनराम श्रेष्ठले आज एक कार्यक्रमका बिच सो अभियान संचालन गरेका हुन।सो अभियान अन्तर्गत आज हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको हो।

नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा ‘महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने’ योजना अघि बढाईएको बताइएको छ।पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको हो । अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि सघाउ पुर्याउनेछ ।

सो सरसफाइ अभियानमा सरकारी कर्मचारी, सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयबासिन्दाको उपस्थिति थियो।

नेकपा एमालेबाट काठमाडौं २ मा मणीराम फुँयाल सिफारिस

नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)कास्कीको अध्यक्षमा महेन्द्र कुमार गुरुङ