काठमाडौं  ६ ,चैत्र |

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच (अक्सन)आज  भैरहेको छ । अक्सनमा कुल १ सय ५८ जना खेलाडीलाई समावेश गरिएको छ जसमध्ये शंखरापुरबाट रास्ट्रीय फुटबल खेलाडी रमेश दंगाल पनि सो का लागि” बि ” श्रेणी मा ४८ औ नम्बरमा छनोट भएका छन्| नेपालका विभिन्न रास्ट्रीय टिमबाट फुटबल खेलेका दंगाल लकडाउनका कारणले बिगत लामो समयदेखि खेलमा फर्कन सकेका छैनन|

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन आज होटल सोल्टी क्राउन प्लाजामा भैरहेको  छ ।           अक्सनबाट फ्रेन्चाइज टिमले ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।

अक्सनमा कुल १ सय ५८ जना खेलाडीलाई समावेश गरिएको छ । सो खेलका लागि पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछन भने सो खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछन  ।

चापाबोट मा.बि.को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न

शंखरापुरको प्रमुख प्रशासकिय अधिकृतमा न्यौपाने