साउन २०, काठमाडौँ ।

नेपाली कांग्रेस शंखरापुर नगर समितिको आयोजनामा वडा नं ८ को वडा भेला समपन्न भएको छ ।आज उक्त वडाको घुमारचोक स्थित बज्रयोगीनि रिसोर्टमा उक्त कार्यक्रम गरिएको हो नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमति प्रदेशका आर्थिक मामिला मंत्री बहादुर सिं  लामाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो। सो कार्यक्रममा  प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम ,तथा संबिधान सभा सदस्य  दिपक प्रसाद  कुइकेल, बागमती प्रदेश सदस्य सोना परियार तथा नेपाली कांग्रेस काठमाडौँ २ का क्षेत्रिय सभापति कबिर शर्मा , तरुण दलका केन्द्रीय सदस्य पुरुषोत्तम चौलागाई  लगायत नेताहरुले आफ्नो बिचार राखेका थिए ।

उक्त कार्य्रक्रम नेपाली  कांग्रेस शंखरापुर ८ का इकाई सभापति श्रीजन खड्काको सभापतित्वमा भएको हो  नेपाली कांग्रेसले  शंखरापुरमा संगठनलाई चलायमान बनाउने भन्दै  बिभिन्न वडामा  कार्यक्रम गरिरहेको छ ।

 

 

बौद्धनाथ क्षेत्र विकास समितिले माग्यो छात्रवृत्तिको लागि निवेदन

सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन