कार्तिक ६ काठमाडौं।
इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी लामा लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित हुनुहुन्थ्यो।उहाँको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो। शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु बिहान सात बजे भएको हो। ५१ वर्षीया अधिकारीका तीन छोरी छन्।