कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित खोराकोमुखमा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गएरातिदेखिको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा घरको १ कोठा पहिरोले च्यापेको कास्की प्रहरीले जनाएको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

तिनै जना प्रेम विकका नातीनातिना रहेको उनले बताए । घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए ।
घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको छ ।

चलचित्र हल संचालमा आउँदै

ठोरीको सिमा स्थम्भ उखेलेर फ्याकिएको भेटियो