काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको ठूलो जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विशेष सावधानी अप्नाउन र नदी आसपासका क्षेत्रका बस्ती सार्न सूचना जारी गरेको छ।
ठूलो पानी परिरहेकाले न्यालममा रहेको ताल फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्।
ताल फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने भएकाले सचेत रहन प्रमुख जिल्ला अधिकारी ढकालले आग्रह गरे।