काठमाडौँ । लगातारको वर्षाका कारण आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड विगत २४ घण्टा भन्दा लामो समयदेखि अवरुद्ध रहेको छ । सोमबार बिहान गएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो ।

चार किलोमा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बाटो खुलाउने प्रयासमा लगातारको वर्षाले बाधा गरेको सडक आयोजनाले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले बाटो खुलाउन समय लागेको हो ।

मंगलबार मध्यान्नसम्म बाटो सुचारु गर्ने प्रयास भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । त्यसपछि नारायणगढ–पोखरा यातायात सञ्चालन गर्न सकिने छ ।

तर काठमाडौँको यात्राका लागि भने केही समय पर्खिनु पर्ने भएको छ । चितवन र धादिङ्गको सिमानामा रहेको मोवा खोलाको पुलमा क्षति पुगेकाले समय लाग्ने भएको हो । या मार्ग भएर काठमाडौँ आउने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबान,बागमतीले पानि सतह पार गर्यो,शंखमुलमा खोला हेर्नेको घुइचो

धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीनजनाको ज्यान गयो