काठमाडौं । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु हुने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई विधिवत रुपमा अन्त्य गर्दै विद्यार्थी भर्नाको कार्यक्रम पनि सुचारु गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले सबै खाले विद्यालयहरुको भर्ना सुरु गर्ने निर्णय भएको जानकारी दिए । यसबाहेक क्याम्पसतहका सबै परीक्षाहरु पनि सञ्चालन गरिने सकिने बताएको छ ।
कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै चैत ११ गतेदेखि लकडाउन लागू हुँदा विभिन्न तहका परीक्षाहरु पनि सञ्चालन हुन सकेका थिएनन् । तर पढाइ सुरु गर्ने विषयमा भने कुनै निर्णय भएको छैन ।