भदौ ४ काठमाडौ।

शंखरापुर नगरपालिका वडा नं १ चाँपाबोट  निवासी ३२  बर्षीय  राजेन्द्र बिक(गोपाल) मृत  भेट्टिएका छन। २०७७ भदौ ३गते बेलुका ११ बजे घरबाट  बेलुकाको खाना खाएर निस्केका   बिक  २०७७ भदौ ४ गते दिउँसो  १.०० बजे घरबाट करिब ५०० मिटर दुरिमा मृत अवस्थामा भेट्टिएका थिए।

स्थानियले फेला पारी प्रहरी चौकी नाङलेभारेमा खबर गरे पश्चात प्रहरी चौकी नाङलेभारेका प्रमुख प्र.ना.नि. आङकाजी शेर्पाले तत्काल घट्नास्थलको अबलोकन गरि  प्रहरी प्रभाग साखुका इन्चार्ज प्रहरी निरीक्षक गोबिन्द पन्थी तथा महानगरीय प्रहरी बृत्त बौद्व बाट खटिएको टोलिले घट्नास्थल अनुसन्धान पश्चात् मृतकको लाशलाई पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाईएको र  थप अनुसन्धान जारी रहेको जानकारी प्राप्त भएको  छ ।मृतक बिकको २ श्रीमती तथा ४ छोरिहरु  छन।

निषेधाज्ञा जारीसँगै फेरि सुनसान बन्यो काठमाडौं

सुनसान काठमाडौ