८ भदौ, काठमाडौ।
कागेश्वोरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको आयोजनामा आज कोरोना भाईरस(कोभिड-१९) बाट संक्रमित भई आइसोलेसनमा बसेर उपचार गराइरहेका बिरामीका लागि खाना तथा अन्य ब्यबस्थापनको बिषयमा आयुर्वेद बिज्ञ तथा स्वास्थ्य कर्मिबिच छलफल सम्पन्न भएको छ। सो कार्यक्रममा विभिन्न जनस्वास्थ्य बिज्ञ तथा स्वास्थ्यकर्मिहरुको उपस्थिति रहेको मेयर थापाले जानकारी दिनुभयो।
पछिल्लो समय कागेश्वोरी मनोहरा नगरपालिमा कोरोना संक्रमितको संख्या ९२ जना रहेकोमा भदौ ७ गते सम्ममा २९ जना कोरोना जितेर घर फर्किसकेका छन।
तस्बिर सौजन्य : कृष्ण हरि थापा(कागेश्वोरी मनोहरा नगर प्रमुखको फेसबुकबाट)