भाद्र ९ ,काठमाडौ।
शंखरापुर नगरपालिका वडा नं ५ का एक ब्यक्तिको हिजो भाद्र ८ गते साँझ ८:०० बजे राती स्थानिय चित्रे खोल्सामा बाढी आई बगाएर मृत्यु भएको छ। मृतक शंखरापुर नगरपालिका वडा नं ५ पालुबारी निबासी ४२ बर्षिय श्याम भुजेल रहेको कुरा शंखरापुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शेरगम्भीर थापाले जानाकारी दिनुभएको छ।
हिजो राति बेपता भएका भुजेलको शव आज बिहान ८:०० बजे घटनास्थलबाट करिब ५ किलोमिटर टाढा कागेश्वोरी मनोहरा वडा नं ४ ब्रम्हखेल स्थित सालिनदी खोलामा स्थानियबासी तथा महानगरीय प्रहरी प्रभाग साँखुको संयुक्त टोलीले भेट्टाएको महानगरीय प्रहरी प्रभाग साँखुका इन्चार्ज प्रहरी निरीक्षक गोबिन्द पन्थिले समुदाय खबरलाई जानकारी दिनुभयो। मृतक भुजेल केही समयदेखी छारेरोगको समेत बिरामी रहेको खुल्न आएको छ।
पछिल्लो समय लगातारको बर्षासंगै आएको बाढिपहिरोको कारणले देशैभरि ठूलो जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक तथा देशका अन्य जिल्लामा जनधनको धेरै मानिसले ज्यान गुमाईसकेका छन।