प्रतिनिधिसभा सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ्ले हिजो सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै गाँजा खेती मार्फत देशको आर्थिक बिकास गरि आर्थिक रुपमा पछाडी परेका आम मानिसको जिवनस्तर उकास्ने आफ्नो पुरानो योजना रहेको बताउनुभएको छ। साथै प्रतिनिधिसभामा दर्ता गरिएको उक्त विधेयकका लागी आवश्यक कार्बाही प्रक्रिया अघि बढाउन पूर्व कानून मन्त्री तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ केही महिना अगाडि नै दर्ता गरेका हुन्।

मन्त्री तामाङका अनुसार दर्ता गरिएको विधेयकमा गाँजा खेती गर्नका लागि १८ वर्ष उमेर पुगेको र सो बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ।साथै यो लागू औषधका रुपमा नभई औषधि उत्पादन गर्ने प्रयोजनका लागि उत्पादन गरिने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने हुनाले बजारको समस्या नरहेको उहांको धारणा रहेको छ ।संघीय संसदमा दर्ता भएको “गाँजा खेतीलाई नियमन तथा ब्यबस्थापन गर्न बनेको विधेयक” संसद्को बैठक सुचारु हुनासाथ छलफल गर्न आवश्यक पहलकदमी भैरहेको तामाङ्ले जानकारी दिनुभयो। । तामाङ्ले आफ्नो यस अभियानमा आम जनसमुदाय तथा संघीय संसद्का अधिकांश माननीय सदस्य ज्युहरुको सकारात्मक समर्थन रहेको दाबी समेत गर्नुभएको छ । हाल बिश्व नै कोरोनाबाट आक्रान्त भैरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो नरहेकोले यसको महत्व तथा फाईदाको बिषयलाई ब्यापक जनताको बिचमा पुर्‍याईने जानकारी दिनुभयो।

उहाँले गाँजा र यसको उपयोगिता बिषयमा प्रकाशित तथा प्रशारित अन्तर्वार्ता, लेख रचना तथा सामाजिक सन्जालमा आएका बिचारहरुलाई व्यापक शेयर, लाईक तथा कमेन्टका लागि समेत सबै महानुभवहरुलाई विशेष आग्रह समेत गर्नुभएको छ। त्यसैगरी कोरोना (कोभिड -१९)को जोखिमको न्यूनीकरण तथा लक डाउन खुकुलो भएपछी गाँजा खेतीको उत्पादन तथा प्रबर्द्धनका लागी दबाब सिर्जना गर्न आवाश्यक परे आफुहरु जनताको समर्थनमा सडक संघर्ष समेत गर्न पछि नपर्ने बिचार ब्यक्त गर्नु भएको छ ।

गाँजा खेति मार्फत देशले आर्थिक समृद्धिमा ठूलो फड्को मार्ने कुरामा प्रतिनिधि सभाका अर्का माननीय सांसद बिरोध खतिवडा, बागमती प्रदेशका पुर्व मन्त्री माननीय केशब स्थापित तथा यस क्षेत्रका बिज्ञहरुले समेत यसको व्यावसायिक खेतिमा जोड दिएका छन। स्वास्थ क्षेत्रका वैज्ञानिकहरु तथा अर्थबिदहरुले समेत यसलाई प्रशोधन गरेर विभिन्न प्रकारका औषधि ,यसको रेसाबाट कोट जस्ता महत्त्वपूर्ण पोसाक,दानाबाट अचार तथा बोटबाट फर्निचर जस्ता औद्योगिक प्रयोजनका सामाग्री समेत बनाउन सकिने हुंदा गुणस्तरीय गाँजा उत्पादन गर्न गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिकस्तरमा उल्लेख्य वृद्धि समेत हुने हुंदा यो कदम महत्वपुर्ण हुने बिज्ञहरु बताउछन।
यो बिधेयक संसदबाट पारित भै यसको व्यावसायिक खेती गर्न सकेका नेपाल जस्तो अर्धबिकसित मुलुकको आर्थिक उन्नतिमा कोशेढुंगा साबित हुने माननीय सांसद तामाङको धारणा रहेको छ ।

अलमलिएको बिद्यार्थी आन्दोलन र अबको बाटो

काठमाडौ उपत्यकामा भुकम्पको धक्का