भदौ१०, काठमाडौ।
काठमाडौं उपत्यकामा बुधबार दिउसो २ बजेर ४६ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ।२ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्र बिन्दू काठमाडौको कालिमाटी रहेको छ। २०७२ बैशाख १२ गतेको महाभुकम्प पश्चात् सानातिना पराकम्पहरु गैरहेका छन् ।