भदौ ११, काठमाडौ।

शंखरापुर नगरपालिकामा गरिएको पछिल्लो पिसिआर जाँचका क्रममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिपल्स हस्पिटल साँखुमा गरिएको पिसिआर जाँचका क्रममा शंखरापुर नगरपालिका वडा नं ६ का एकै परिवारका ३ जनालाई कोरोना संक्रमण भएको उक्त हस्पिटलका डाईरेक्टर डा. राजन लुइँटेलले टेलिफोनमार्फत समुदाय खबरलाई जानकारी दिनुभयो।

यो संगै शंखरापुर नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २०  पुगेको तथा  ६ जना स्वास्थलाभ गरि घर फर्किएको  शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले सामाजिक  संजालमा जानकारी गराउनुभएको छ।

काठमाडौ उपत्यकामा भुकम्पको धक्का

माधव नेपाल भन्छन, भ्रम फैलाउन खोजियो।