भदौ २३, काठमांडौ।

सोमबार (हिजो)जहरसिंह पौवामा साँखु-नाङ्लेभारे-फटकेश्वोर- बाहुनिपाटि सडक निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।पुर्व कानुनमन्त्री तथा संघिय सांसद माननिय शेर बहादुर तामाङ शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ,वडा नं १ र ३ का अध्यक्ष क्रमश, श्याममणी ढुंगाना तथा सन्त बहादुर वाईबा, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानिय सरोकारवाला, सडक बिभागका प्रतिनिधि तथा निर्माण ब्यबसायि,पुर्व प्रधानमन्त्री माधव कुमार नेपालका स्वकिय सचिव नितेश पौडेल तथा पत्रकार प्रकाश ढकालको उपस्थिती थियो।

 

 

आर्थिक बर्ष २०७६/७७ का लागि बिनियोजित रु २० करोडबाट ४.५ किलोमिटर लम्बाईको ७ मिटर चौडा सडक कालोपत्रे हुने सो अवसरमा जानकारी गराइयो।असोजको पहिलो हप्ताबाट सडक निर्माणको काम शुरु हुँदै छ। जहर्सिङपौवादेखी फट्केश्वोर सम्म १३ किलोमिटरको रु ५२ करोड बराबरको डी पि आर तयार भई । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट सहायक राजामार्गमा सुचिकृत भईसकेको छ। साथै उत्त सडकमा अर्थ मन्त्रालयबाट बहुबर्षे ठेक्का प्रणालीबाट काम सम्पन्न हुने गरी योजना स्वीकृत गरिसकेको छ र बाँकी खण्डको समेत छिट्टै ठेक्का प्रकृयामा जाने सडक बिभाग काठमाडौंका प्रतिनिधिले जानकारी दिए।

 

 

सो अवसरमा पुर्व कानुनमन्त्री तथा संघिय सांसद माननिय शेर बहादुरले यो सडक सम्पन्न भएपछी सिन्धुपाल्चोक जोडने सबैभन्दा छोटो सडक हुने साथै दुबै जिल्लाको समग्र बिकासमा कोशेढुंगा साबित हुने बताउनुभयो। त्यसैगरी शंखरापुरका मेयर सुबर्ण श्रेष्ठले सडक निर्माण यहाँँका जनताको सपना पुरा हुन लागेको बताउनु भयो। सो अवरमा साँखु-नाङ्लेभारे-फटकेश्वोर-बाहुनिपाटि सडक निर्माण समितिका अध्यक्ष सुर्यमान तामाङलेको अधक्ष्यतामा सम्पन्न भएको थियो।

 

सो अवसरमा पुर्व कानुनमन्त्री तथा संघिय सांसद माननिय शेर बहादुरले यो सडक सम्पन्न भएपछी सिन्धुपाल्चोक जोडने सबैभन्दा छोटो सडक हुने साथै दुबै जिल्लाको समग्र बिकासमा कोशेढुंगा साबित हुने बताउनुभयो। त्यसैगरी शंखरापुरका मेयर सुबर्ण श्रेष्ठले सडक निर्माण यहाँँका जनताको सपना पुरा हुन लागेको बताउनु भयो। सो कार्यक्रम  साँखु-नाङ्लेभारे-फटकेश्वोर-बाहुनिपाटि सडक निर्माण समितिका अध्यक्ष सुर्यमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

मानव सेवामा निरन्तर लागिरहेका अबिचलित योद्दा- ओसिम आलम

पाँचपोखरी गाँउपालिकाले बैकिङ प्रणालिद्वारा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने