काठमाडौं, भदौ २७।
नेपालमै पहिलो पटक एन्टिजेन प्रबिधिबाट स्वाब संकलन गरि दुई हजारमा कोरोना परिक्षण सेवा सुरु हुने भएको छ । यो प्रबिधिबाट कोरोना परिक्षण गर्दा आधा घण्टामा नै रिपोर्ट आउने बताईएको छ ।
नेपालमै पहिलो पटक एन्टिजेन प्रबिधिबाट कागेश्वरी मनोहरा नगरपालिकाले यो सेवा आगामी असोज १ गते देखि सुरु गर्न लागेको नगर प्रमुख कृष्ण हरि थापाले हाम्रो संचार डट्कमलाई जानकारी दिएका छन् ।
उनले भने ‘कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमा पहिलो पटक एन्टिजेन प्रबिधिबाट दुई हजार मै पिसिआर परिक्षण गर्न गईरहेका छ ।नगरपालिका द्धारा संचालित मुलपानी नगर अस्पतालबाट यो सेवा असोज एक गते देखि सुरु हुदैछ । यसको रिपोर्ट आधा घण्टामै आउछ । रिपोर्टका लागि २४ धण्टा कुर्नु नपर्ने भएकाले यो सेवा सस्तो छिटो र भरपर्दो हुन्छ ।’
उनले एन्टिजेन प्रबिधिबाट कोरोना परिक्षण गराउन चाहाने जोकोहिलाई मुलपानी नगर अस्पतालमा सम्पर्क राख्न अपिल गरेका छन् ।