३० भदौ, काठमाडौं ।

निबर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सरकारको आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।

दुई बर्षका लागि राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत खतिवडालाई अर्थमन्त्रिमा निरन्त्रता दिने पक्षमा थिए। तर पार्टीको समिकरण मिलाउन हिजो(सोमबार)को मन्त्रिपरिषद बैठकले नेकपा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपती समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो।

अनेरास्वबियू काठमाडौंले (कोभिड १९)बिरुद्द लडन् स्वयंमसेवक परिचालन गर्ने