भदौ ३१, काठमाडौं।

नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन ,काठमाडौं जिल्ला कमिटिले संगठनको एकता पश्चातको प्रथम भर्चुअल बैठक सम्पन्न गरेको छ। सो संगठनका काठमाडौं जिल्ला संयोजक कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकलाई सहसंयोजक राजकुमार लामिछानेले संचालन गरेका थिए। संगठनका केन्द्रिय सहसंयोजक रन्जित तामाङ प्रमुख अतीथी रहेको उक्त कार्यक्रममा अनेरास्वबियू केन्द्रिय सद्स्य समिर पाण्डे समेत अतिथिको रुपमा उपस्थित थिए।

अनेरास्वबियू काठमाडौं, कार्यालयको पूर्ण बैठकले काठमाडौं जिल्लामा कोभिड १९ बिरुद्द लडनका लागि स्वयंमसेवकको टिम तयार गर्ने,काठमाडौं उपत्यकामा रगतको अभाव हुन नदिन असोज १० गते एक दिने रक्तदान कार्यक्रम संचालन गर्ने तथा नजिकिदै गरेको चाडपर्वको मौका छोपी हुने कालोबजारी नियन्त्रण गर्न निर्णय सरकारलाई दबाब दिने निर्णय गरेको सहसंयोजक लामिछानेले समुदायखबरलाई जानकारी दिए।

डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त

माननीय बने बामदेव गौतम