असोज १, काठमाडौं।

नेकपा उपाध्यक्ष बामदेव गौतमले आज राष्ट्रियसभा सदस्यको सपथ लिएका छन्। उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष आज पद तथा गोपनीयताको सपथ लिएका छन्। गत प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई केही दिनअगाडी मात्र मन्त्रिपरिषद बैठकले राष्ट्रियसभामा लाने निर्णय गरेको थियो। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

नेकपामा लामो रस्साकस्सी पछी अन्तत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पि ओली उनलाई राष्ट्रियसभामा लान सहमत भएका हुन। यस अघिनै उपाध्यक्ष गौतमले रिक्त रहेको अर्थ मन्त्रालयमा रुची देखाएका छन्।

अनेरास्वबियू काठमाडौंले (कोभिड १९)बिरुद्द लडन् स्वयंमसेवक परिचालन गर्ने

नेपाल आईपुग्यो रेल