असोज २, काठमाडौं।

शंखरापुर नगरपालिका वडा नं १ स्थित भारे स्वास्थ्य चौकीमा आज वडा नं १का भेटिनरी डाक्टर, मेडिकल संचालक तथा दुध संकलक हरुको पि सि आर जाँचका लागि स्वाब संकलन गरिएको छ। आज करिव २९ जनाको जाँच गरिएको भारे स्वास्थ्य चौकिका प्रमुख खगेन्द्र भट्टराईले समुदाय खबरलाई जानकारी दिनुभयो।

केही समय अगाडि समेत शंखरापुर नगरपालिकाको स्वास्थ्य शाखाको टोलिद्वारा सोही कार्यालयमा पि सि आर जाँच गरिएको थियो।
शंखरापुर नगरपालिकाले कोभिड १९ रोकथाम तथा जाँचलाई तिब्रताका साथ अगाडि बढाई रहेको शंखरापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णु चापागाईले जानकारी दिनुभयो।

नेपाल आईपुग्यो रेल

नेकपा शंखरापुरले साँखुमा दिप प्रज्वलन कार्यक्रम गर्ने