असोज ४, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय केहीबेरअघिबाट बैठक पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
असोज २ मा बस्ने भनिएको बैठक स्थगित भएको थियो। नेकपा अध्यक्ष ‘प्रचण्ड’कार्यकारी अध्यक्षको भूमिकामा आएपछी पहिलो पटक पूर्व माओवादी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।
यसअघिका प्राय बैठकहरु प्रधानमन्त्री निवास बालुवाटार तथा कहिलेकही पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गर्दथ्यो।
सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।
आजको बैठकमा गत भदौ २६ गतेको बैठकले गरेका निर्णय तथा अन्य बिषयमा छलफल हुने बताइएको छ।