अअसोज ६, काठमाडौं।
जहरसिहपौवा, फट्केश्वोर ,बाहुन्नीपाटी सडक(बैकल्पिक सहायक राजामार्ग)का लागि दोस्रो चरणको ठेक्का सडक डिभिजन काठमाडौंबाट
आज प्रकाशित भएको छ। गतवर्ष करीब २०  करोडको ठेक्का लागेको उक्त्त सडकको लागि यस आर्थिक बर्ष २०७७ ७८ / लागि करिब बहुबर्षे योजनाका लागि करिव ३५ करोड बराबरको ठेक्का निस्किएको हो। उक्त ठेक्का निस्किए सँगै सिन्धुपाल्चोक जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको यो सडक बन्ने पक्का भएको छ।

नेकपामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको विशेष पहलकदमीमा सिन्धुपाल्चोकका सांसद तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ, ज्यू शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा स्थानीय व्यक्तित्वहरू यो सडक निर्माणका लागि लामो समयदेखि निरन्तर रुपमा लागिरहेका थिए। लामो समयदेखी बिभिन्न समयमा मर्मतका कार्यहरु भएतापनी यती ठुलो रकममा बजेट बिनियोजन भएको यो पहिलो पटक भएको स्थानिय बासी बताउँछन। यो सडक बन्ने पक्कापक्की भएसँगै यहाँका जनताले विशेषगरी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष धन्यवाद व्यक्त गरेका छन्।

 

जहरसिहपौवा, फट्केश्वोर ,बाहुन्नीपाटी सडक खण्ड हो १३ किलोमिटर सडक मध्ये करिब ५ किलोमिटर सडकका लागि कमलजित निर्माण सेवाले यसअघि नै निर्माण कार्यको जिम्मा पाइसकेको छ।यो सडक सम्पन्न भएपछि बर्षौदेखिको यहाँका जनताको सपना पुरा हुने स्थानिय गोपाल ढकाल बताउँछन। १० मिटर फराकिलो उक्त्त सडकमा ७ मिटर कालोपत्रे हुने सडक डिभिजन कार्यालय काठमाडौंका प्राबिधिक बताउँछन्। लामो मेहनत र परिश्रम पछि काठमाडौ जिल्लाको नाङलेभारे तथा यो सडक हुँदै ओहोरदोहोर गर्ने सिन्धुपाल्चोक काग जनलाई समेत यो सडक सम्पन्न भएसँगै धेरै लाभ पुग्ने शङ्खरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ बताउँछन्।

अनेरास्ववियू काठमाडौंले रक्तदान कार्यक्रम गर्ने

बामदेव गौतमलाई मन्त्री बन्न कानुनी अडचन