असोज ८,काठमाडौ।
विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोकथामा खटिने स्वास्थ्यकर्मीका लागि एक्सन एड तथा साझेदार संस्था होम नेट नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। शंखरापुर नगरपालिकामा आज(बिहिबार) आयोजित एक कार्यक्रमकाबीच सो सामाग्री नगर प्रमुख सुवर्ण श्रेष्ठ,उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ एबम प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडालाई हस्तान्तरण गरिएको हो।
सो अवसरमा होम नेट नेपालका प्रबन्ध निर्देशक ओम थपलिया तथा शंखरापुर कार्यक्षेत्र प्रमुख बुद्धभक्त चित्रकारको उपस्थिती थियो। सो सामाग्री सेटमा पिपीइ सेट,मास्क सेनिटाइजर एवं पंजा लगायतका सामाग्री छन्।लामो समयदेखि शंखरापुर नगरपालिकाको विभिन्न क्षेत्रमा नगरपालिकासँग समन्वय गरी यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दैआईरहेको छ। साथै यो सहयोग सहयोग निरन्तर रुपमा रहिरहने
होम नेट नेपालका शंखरापुर कार्यक्षेत्र संयोजक बुद्धभक्त चित्रकार बताउनुहुन्छ।हाल शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ।