असोज ९, काठमाडौं।

शंखरापुर नगरपालिका वडा नम्बर १ का करिब ५० घरपहिरोको उच्च जोखिममा परेका छन। शंखरापुर नगरपालिका तथा सिन्धुपाल्चोक जिल्लाको सिमानाका करिव ५५ घर पहिरोको उच्च जोखिममा रहेका छन। जहरसिंहपौवा-छापभन्ज्याङ-फट्केश्वोर सडकखण्ड(बैकल्पिक सहायक राजमार्ग) अन्तर्गत पर्ने उक्त सडक छापभन्ज्याङमा करिव ५ मिटर भासिएको छ।आज नाङलेभारे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक आङकाजी शेर्पा तथा शङ्खरापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्याममणी ढुंगाना सहितको टोलिले सो क्षेत्रमा गई स्थलगत निरिक्षण गरेको छ। साथै सो क्षेत्रको  सर्जमिन मुचुल्का समेत गरी सो मुचुल्कालाई आवश्यक कारबाहिका लागि नगरपालिकामा पठाएको प्रहरी नायब निरिक्षक शेर्पाले समुदायखबरलाई जानकारी दिनुभयो।

 

 

सो अवसरमा उक्त्त टोलिले शंखरापुर नगरपालिकालाई प्राविधिकसहित निरीक्षण गरी बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ। समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने त्यसक्षेत्रमा ठूलो धनजनको क्षति हुने सम्भावना देखिन्छ। केही समयअघि सो क्षेत्रको शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

 

 

  (तस्बिर सौजन्य :आङकाजी शेर्पा, प्रहरी नायब निरिक्षक, नाङ्ले भारे प्रहरी चौकी)

उक्त पहिरो रोकथामका लागि तुरुन्तै पहल नगर्ने हो भने सिन्धुपाल्चोक जिल्लाबाट यो सडक हुँदै आवतजावत गर्ने सवारी साधन समेत अवरुद्द हुने देखिन्छ। यससङ्गै लगातारको वर्षाले देशैभरि ठूलो धनजनको क्षति भइरहेको छ।

होम नेट नेपालद्वारा शंखरापुर नगरपालिकाललाई स्वास्थ्य सामाग्री सहयोग।

अनेरास्ववियू काठमाडौंको रक्तदान कार्यक्रम सम्पन्न