असोज १९ काठमाडौँ |

शंखरापुर नगरपालिका वडा नं ८ मा बिकास निर्माणका कामहरु धमाधम अगाडी बढिरहेका छन् | यस क्षेत्रका संसद तथा पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रणनीतिक सडकमा समाबेश गरेको  साँखु -बज्रयोगिनी -चौकिभंज्याङ्ग – घुमारीचो सडक खण्डमा करिव ६  करोड बराबरको सडक  ढलान तथा वाल लगाउने काम भैरहेको छ| संसद बिकास कोष अन्तर्गत ५ करोड र  शंखरापुर नगरपालिका तथा बाग्मति प्रदेशबाट बजेट विनियोजित भई काम भैरहेको शंखरापुर नगरपालिकाका प्रवत्ता तथा वडा नं ८ का अध्यक्ष हितमान तामाङ्ग बताउनुहुन्छ|

यो सडकको दुई वर्ष अगाडी नै करिव ५० करोड बराबरको  डी पी आर तयार भैसकेको र यसमा आवश्यक बजेट सुनिश्चितताका लागि आफु निरन्तर लागिरहेको पूर्व प्रधानमन्त्रि तथा यस क्षेत्रका संसद माधव कुमार नेपालका स्वकीय सचिव नितेश पौडेल बताउनुहुन्छ| यस वडामा हुने हरेक बिकास निर्माणका काममा आफुलाई यस वडाका अगुवा युवाहरु, तथा आमजनताको साथ र सहयोग रहेको वडा अध्यक्ष तामाङ्ग बताउनुहुन्छ|हाल १० मिटर चौडाई रहेको यो सडक यस बर्षको बजेटबाट घुमारिचोक सामुदायिक भवनसम्म सम्पन्न हुने छ| यो सडक  खण्डको निर्माण सम्पन्न भएमा स्कुसको पकेट क्षेत्रको रुपमा बिकसित भैरहेको यस भेगका जनताको जीवनस्तरमा उलेख्य सुधार आउने यस वडाका युवा समाजसेवी शंकर घ्लान बताउनुहुन्छ|प्रसिद्द बज्रयोगिनी त मन्दिर पर्यटकीय स्थल मनिचुड समेत यहि सडकहुदै पुग्न सकिन्छ|

 

(सोमबार ) एक कार्यक्रमका बिच उक्त सडकको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ ,सिनियर इन्जिनियर मिलन फुयाल तथा नेकपा बाग्मति प्रदेश कमिटि सदस्य बुद्दभक्त चित्रकारले समेत  अवलोकन गर्नुभएको छ|

भक्तपुर बलात्कार घटनाका आरोपी सार्बजनिक

शंखरापुर नगरपालिका र रास्ट्रीय युवा स्वोरोजगार कोषले युवा स्वोरोजगार कार्यक्रमका लागि साझेदारी गर्ने