असोज २० काठमाडौँ |
आज (मंगलबार )शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले रास्ट्रीय युवा स्वरोजगार कोषका उपाध्यक्ष डा देबराज रोक्का (कल्याण )संग एक कार्यक्रमका बिच भेट गरि छलफल गर्नुभएको छ | उहाले उपाध्यक्ष रोक्कालाई स्वरोजगार कार्यालयको सचिवालय अनामनगरमा गई शंखरापुर् नगरपालिका र रास्ट्रीय युवा स्वरोजगार कोषकाबीच सहकार्य गरेर अगाडी बढ्ने बिषयमा छलफल भएको बताउनुभयो ||सो अवसरमा शंखरापुर नगरपालिकामा शैक्षिक बेरोजगारको संख्या दिनानुदिन बढ्दै गएको र तेसको न्युनिकरणका लागि यस नगरपालिका प्रयासरत रहेको समेत रोकासंगको भेटमा बताउनुभयो|
सो भेटघाटमा शंखरापुरका युवा समाजसेवी अमृत दंगालले युवाको प्रतिनिधित्व गर्दै शंखरापुरका बेरोजगार युवालाई स्वोरोजगारको प्रबर्द्दन गर्दै आर्थिक स्वाबलम्बन र आत्मनिर्भरको बाटोमा युवालाई कसरि लान सकिन्छ भन्ने बिषयमा छलफल गर्नुभएको थियो|स्वरोजगार कोषले हालसम्म २१०० सहकारीलाई अनुदान दिएको र यसको खासै उपलब्धि नदेखिएकोले अब आफु नेतृत्वमा आएपछी अब एक बर्षमा करिव २० हजार युवालाई स्वोरोजगार बनाउने योजना रहेको समेत उहाले बताउनुभयो| आगामी दिनमा यस कोषले हरेक स्थानीय तहसंग साझेदारी गरेर स्वोरोजगारका गतिबिधि अगाडी बढाउन चाहेको समेत उहाले बताउनुभयो|उहाँका अनुसार एकजना मानिसलाई स्वोरोजगार बनाउन करिव ५ वर्ष लाग्ने पनि बताउनुभयो | शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले भरखरै नियुक्त्त भएर आउनुभएका रास्ट्रीय युवा स्वोरोजगार कोषका उपाध्यक्ष देवराज रोक्का (कल्याण )लाई बधाई तथा सफल कार्यकालको सुभकामना समेत दिनुभएको थियो |