असोज २५, काठमाडौँ|
संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण पुस्टि भएको छ|उहाको हिजो (शनिबार) पिसिआर परिक्षण गर्दा सो पुस्टि भएको उहाका सचिवालय सदस्य प्रेम गुरागाईले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ|
बिभिन्न कार्यक्रममा सहभागी भएर घर फर्किएपछी हिजो उहालाई शुक्रबार बेलुका हल्का ज्वोरो आएपछि शनिबार पुन कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ देखिएको हो । उहाँलाई हालसम्म हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मन्त्रीज्यूसंग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन माननीय मन्त्रीज्यूले अनुरोध गर्नु भएको बताईएको छ |