असोज २६ काठमाडौँ |
नेकपा निकट अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिले आज (सोमबार ) जिल्ला प्रसाशन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दहाललाई एक कार्यक्रमका बीच ज्ञापनपत्र बुझाएको छ|अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिका संयोजक कृष्ण थापा मगर तथा सहसंयोजक राजकुमार लामिछाने तथा काठमाडौँ जिल्ला कमिटिका एक दर्जन भन्दा बढी सदस्यको उपस्थितिमा सो ज्ञापनपत्र बुझाइएको हो|
संयोजक थापामगरले जिल्ला प्रसाशन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको कार्यक्षमा ज्ञापनपत्र बाचन गरेर सुनाउनु भएको थियो|उक्त ज्ञापनपत्रमा अनेरास्ववियूले देशमा बढ्दै गरेको हत्या,हिँसा तथा एसिड प्रकरण तथा नजिकिदै गरेका चाडपर्व दशैं, तिहार छठको मौका छोपी हुने गरेका कालोबजारी तथा शान्ति सुरक्षाको स्थितिलाई बिग्रन नदिनका लागि जिल्ला प्रसाशन कार्यालय काठमाडौँलाई खबरदारी गरेको छ |साथै बढदो कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौँले केहि समय अगाडी दिएको निर्देशनलाई अवज्ञा गर्दै भौतिक रुपममा बिधार्थी उपस्थित गराई पठन पाठन गरेकोमा अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ|
साथै सो अवसरमा प्रमुख जिल्ला अधिकारी दाहालले अनेरास्वबियूले सो ज्ञापनपत्रमा उल्लेख गरिएका बुदाहरु रचनात्मक तथा निकै ब्यबहारिक भएकोमा अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिलाई धन्यबाद दिनुभयो |