असोज २९, काठमाडौँ|
कोरोना संक्रमणबाट शंखरापुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ | काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारत शंखरापुर नगरपालिका वडा नं १ का ६३ बर्षीय पुरुषको आज मृत्यु भएको हो|| मृतक प्रेसरको रोगि भएको पनि बताईएको छ| उनि केहि दिन देखि बिरामी भएकाले अस्पतालमा भर्ना गरिएको थियो| २ दिन अगाडी गरिएको पिसिआर परिक्षणमा उनीमा कोरोना संक्रमणको पुष्टी भएको थियो|
यसअघि शंखरापुरमा कोरोना संक्रमितको संख्या ६० पुगिसकेको छ |