असोज २९, काठमाडौँ |
शंखरापुर नगरपालिका वडा नं ३ स्थित नवनिर्मितनवनिर्मित बिधालय कबर्ड हल आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ|दक्षिण कोरियाको ओम होंग जिल हुमेंन फाउन्डेसन को आर्थिक सहयोगबाट करिव ४ करोड ३० लाख लागतमा शंखरापुर ३ स्थित कालिका शरण मा. बि .मा निर्मित १० कोठे एकाडेमिक तथा १४ कोठे छात्राबास भवनको गत वर्ष पूर्वप्रधानमंत्री माधव कुमार नेपाल तथा ओम होङ जिल हुमेन फाउन्डेसनका प्रतिनिधिले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो।
उक्त्त परियोजना अन्तर्गत ५०० जना भन्दा बढी क्षमता भएको सामुदायिक भवनको आज शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठ तथा ओम होङ जिल फाउन्डेसनका कन्ट्री डाइरेक्टर लि जे युले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गर्नुभएको हो।यो संगै अब उक्त परियोजनाको पहिलो चरणको कार्यक्रम सकिएको छ । सो अवसरमा उक्त संस्थाका कन्ट्री डाइरेक्टर जे यु ले अब आफुहरु दोश्रो चरणको कार्यक्रम सुरु गर्न लागेको समेत बताउनुभयो| सो कार्यक्रम अन्तर्गत अब बिधालयमा २०० मिटर कम्पाउन बाल र बिधालय छात्राबासका लागि सोलार सिस्टम , वासिङ मेसिन तथा बिधालयको पुस्तकालयको ब्यवस्थापन अबको प्राथमिकता रहेको बताउनुभयो।सो अवसरमा कालिका शरण मा.बि. निर्माण समितिका अध्यक्ष सुर्यमान तामाङले सो संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो |
सो अवसरमा शंखरापुर नगरपालिका वडा नं ३ का अध्यक्ष सन्त बहादुर वाइबाले यस विधालयमा नयाँ भवन निर्माण संगै लामो समयदेखिको सुबिधा सम्पन्न भवनमा बसेर पढ्ने भाइबहिनीको रहर पुरा भएको बताउनुभयो| सो अवसरमा शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले यस नगरलाई समृद्द बनाउन अहम भूमिका खेलेकोमा सो संस्थाप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि आफुले यस्तै सहयोगको अपेक्षा गरेको समेत बताउनुभयो|
सो अवसरमा ओम होङ जिल फाउन्डेसनका कन्ट्री डाइरेक्टर लि जे युले कोरियन सरकार तथा यस संस्था सधै नेपाली जनताको सातहमा रहेको र आगामी दिनहरुमा समेत समुदायसंग हात्तेमालो गर्दै अगाडी बढने समेत बताउनुभयो| कार्यक्रमा शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नगरपालिकाका शिक्षा इकाई प्रमुख बौधराज निरौला, कालिका शरण मा.बि. निर्माण समितिका अध्यक्ष सुर्यमान तामाङ, बिधालयका प्रधानाध्यापक प्रमोद प्रधान, ब्यबस्थापन समितिका अध्यक्ष मदन कुमार वाइबा तथा सो वडाका जनप्रतिनिधिको समेत उपस्थिति थियो|