मंसिर १४,काठमाडौँ|

शंखरापुर नगरपालिकाका विभिन्न सामुदायिक बिधालयमा बिगत लामो समयदेखि अध्यापन गराई हाल शिक्षक दरबन्दि मिलान अन्तर्गत  पुलमा रहेका राहत तथा करार शिक्षकहरुले आज शंखरापुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन। आज (सोमबार) नगरपालिकामा विभिन्न बिद्यालयमा राहत तथा करार शिक्षकका रुपमा लामो समयदेखि अध्यापन गराइ पुलमा रहेका करिव ३१ जना शिक्षकहरु उपस्थित  भई शंखरापुर नगरपालिका शिक्षा तथा खेलकुद बिभागका प्रमुख उपसचिव बौद्धराज निरौलालाई सो ज्ञापनपत्र बुझाएका हुन।

 

 

राहत तथा करार शिक्षकका तर्फबाट आफ्नो भनाई राख्नुहुदै कालिका शरण मा.बिका शिक्षक राजकुमार के.सि.ले राहत शिक्षकलाई नेपाल सरकारले ठुलो  अन्याय गरेकाले आफुहरु आन्दोलनमा उत्रिनु परेको बताउनुभयो|त्यसैगरी  शंखरापुर नगरपालिका वडा नं १ स्थित पोखरिचौर आबिका शिक्षक तथा संघर्ष समितिका अध्यक्ष मुना अधिकारिले सो ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो। शंखरापुर नगरपालिकाबाट दरबन्धि मिलान अन्तरगत पुलमा रहेकामध्ये करिव ३१   जना शिक्षक यस नगरपालिकाबाट बिस्थापित भई अन्य जिल्लामा सरुवा हुदैछन ।सो अवसरमा आफ्नो धारणा राख्नु हुदै  शंखरापुर नगरपालिका शिक्षा ,युवा तथा खेलकुद बिभागका प्रमुख बौद्धराज निरौलाले  आफु तथा शंखरापुर  नगरपालिका  आन्दोलनरत शिक्षकको पक्षमा आफु  सदैब रहेको  जानकारी दिनुभयो।सो अवसरमा  शंखरापुर शिक्षक संघका अध्यक्ष अनुप श्रेष्ठ को उपस्थिती थियो| तर  नेकपा निकट नेपाल रास्टिय शिक्षक संगठनका अध्यक्ष गुरु प्रसाद दंगाल  भने आन्दोलनरत शिक्षकहरुले   पटक पटक  टेलिफोन गर्दा पनि अनुपस्थित रहेको शिक्षक दिनेश अधिकारिले बताउनुभयो।

नेकपा शंखरापुर नगर कमिटिको बैठक सम्पन्न

सद्वाव युवा समाजद्वारा “मानव सेवा आश्रमलाई”आर्थिक सहयोग प्रदान