३ असार, काठमाडौँ|
शंखरापुर नगरपालिकाको प्रमुख प्रशासनिक भवनकोआज शिलान्यास भएको छ |शंखरापुर नगरपालिका वडा नं ६ नारायणचौर , साँखुमा निर्माण हुन् लागेको सो भवनको आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख शिवसुन्दर राजबैद्य, उपप्रमुख सरिता दाहाल ,शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ तथा उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले संयुक्त्त रुपमा शिलान्यास गर्नुभएको हो| सो कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सन्त बहादुर वाईबा, ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ, ७ का वडाअध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ, तथा नगरप्रवक्ता तथा ८ का वडाअध्यक्ष हितमान तामाङ्गको उपस्थिति थियो| त्यसैगरी नेकपा एमाले शंखरापुर नगर कमिटि अध्यक्ष, शंकरमान श्रेष्ठ,नेकपा एमाले काठमाडौँ जिल्ला कमिटि उपसचिव एल पी श्रेष्ठ,माओबादी केन्द्र शंखारपुरका अध्यक्ष निरज केसी, राप्रपाका केन्द्रीय सदस्य रमेश नापितको उपस्थिति थियो|
सुबेदि जेभी, ललितपुरले निर्माणको जिम्मा पाएको सो भवन २ बर्षमा सम्पन्न गर्ने सम्झौताका भएको छ| कुल १२ करोड ५० लाख रुपैयामा निर्माण हुन लागेको उक्त भवनको ७ करोड ४९ लाख जिल्ला समन्वय समिति, काठमाडौँ तथा बाँकी ५ करोड शंखरापुर नगरपालिकाले व्यहोर्ने छ| ४ रोपनी क्षेत्रफलमा फैलिएको सो भवन साँढे ३ तल्लाको अत्याधुनिक हुने छ| पुरातात्विक हिसाबले निर्माण गरिने सो भवन कलात्मक हुने छ| हाल भाडाको घरमा कार्यालय संचालन गरिरहेको यस नगरपालिकाको सोभवन बनेसंगै अब आफ्नै भवन हुनेछ|
कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख शिवसुन्दर राज बैद्यले शंखरापुर नगरपालिकाको यस भवन बनाउन सहयोग गर्न पाएकोमा धेरै आफुलाई धेरै खुसि लागेको र र आगामी दिनमा समेत यस्ता खालका सहयोग निरन्तर गरिरहने समेत सो अवरमा बताउनुभयो| त्यसैगरि शंखरापुर नगरपालिकाको उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले यो सहयोगका लागि जिल्ला समन्वय समिति, काठमाडौँलाई बिशेष धन्यवाद ब्यक्त गर्नुभयो| शंखरापुर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष सुबर्ण श्रेष्ठले भवन निर्माण कार्यलाई छिटो छरितो तथा गुणस्तरीय हिसाबले सम्पन्न गर्न नगरपालिकाले निरन्तर अनुगमन गर्ने बताउनुभयो|