साउन २८, काठमाडौँ|

नेचुरल बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा जहरसिहपौवा यातायातका बसहरुमा क्यु आर कोड स्क्यान गरि  जुनसुकै बैकं तथा वित्तीय संस्थाका मोबाइल बैकिङ्ग मार्फत जिटल माध्यमबाट भुक्तानी  गर्न सकिने  व्यवस्था गरिएको छ | इ-सेवा, फोन-पे तथा अन्य माध्यमबाट बसमा राखिएको उक्त्त सहकारीको क्यु आर कोड स्क्यान गरि बस भाडा तिर्न सकिनेछ  | नेपाल सरकारले बढदो कोरोना महामारिको कारणले  कोरोनाको जोखिम कम गर्न डिजिटल भुक्तानिलाई प्रोत्साहन गरेको छ| आज जहरसिंहपौवामा आयोजित एक कार्यक्रममा नेचुरल बचत तथा ऋण सहकारी संस्था ,साँखु शाखाका प्रबन्धक घनश्याम नेपाल तथा जहरसिंहपौवा यातायात प्रा.लिका अध्यक्ष श्याम  बहादुर तामाङ्गबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो | २०७६  सालमा स्थापना भई जहरसिंहपौवाबाट यातायात सेवा संचालन गर्दै आएको यस यातायात प्रालिले हाल छ वटा बस संचालन गरि जनतालाई सेवा प्रदान गरिरहेको छ| हाल काठमाडौँको जहरसिंहपौवाबाट रत्नपार्कसम्म सेवा संचालन गरिरहेको  यस बस सेवाले अबको केहि महिनामै बसको आवश्यक  संख्या थप गरि मेलम्ची नगरपालिकाको भोटेचौर तथा नाङ्गलेभारेको छापभन्ज्याङ्गसम्म सेवा बिस्तार गर्न लागेको अध्यक्ष श्याम बहादुर तामाङ्गले बताउनुहुन्छा |कोरोना महामारीका कारणले लामो समय थालिएको यस यातायात प्रालि हाल मुस्किलले संचालन भैरहेको र स्थानीय निकायबाट कुनै सहयोग नपाएको अध्यक्ष तामाङ्ग बताउनुहुन्छ|

शंखरापुरको सिरानाचौरमा भीरबाट लडेर एकजनाको मृत्यु

नेकपा माओबादी केन्द्र शंखरापुर ३ को कार्यकर्ता भेला सम्पन्न