साउन ३०, काठमाडौँ|

 

नेकपा माओबादी केन्द्र शंखरापुर ३ को कार्यकर्ता  भेला सम्पन्न भएको छ| नेकपा माओबादी केन्द्र शंखारापुर नगर कमिटिको आयोजनामा सो भेलाको आयोजना भएको हो|हाल सो पार्टीले आफ्नो संगठन निर्माणलाई तिब्रता दिइरहेको छ| शंखरापुर नगरपालिकामा अन्य पार्टी झैँ समान हैसियत भई  मुख्य राजनीतिक शक्तिको रुपमा  माओबादी केन्द्र रहेको छ |यस  पार्टीले २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  काठमाडौँ जिल्लामा १० स्थानीय तहमध्ये जम्मा  २ वटा वडामामात्र  जितेको  थियो|  जसमध्ये काठमाडौँको  शंखरापुर तथा चन्द्रागिरी नगरपालिकाको एक \एक वटा वडा जितेको थियो|त्यसमध्ये  शंखरापुरको वडा नं ३ पनि पर्दछ| कम्युनिस्ट पार्टी र त्यसमापनि माओबादीको राम्रो जनमत भएको यो वडामा  आज सम्पन्न भेलाको प्रमुख अतिथिको रुपमा नेकपा माओबादी केन्द्र काठमाडौँ जिल्ला सचिवालय सदस्य रामप्रसाद खनाल (बसन्त) ,बिशेष अतिथिको रुपमा नेकपा माओबादी केन्द्र शंखरापुर नगर कमिटिका अध्यक्ष निरज केसी तथा शंखरापुर नगरपालिका वडा नं ३का अध्यक्ष सन्त बहादुर वाइबाको उपस्थिति थियो|

करिव २०० जना माओबादी केन्द्रका नेता तथा कार्यकर्ता उपस्थित रहेको सो कार्यक्रममा वाइसियल काठमाडौँ जिल्ला कमिटी सदस्यहरु सुरेन्द्र दाहाल, दिनेश तिवारी ,उत्तम वाईबा तथा राजेन्द्र वाइबाको उपस्थिति थियो| त्यसैगरी वाइसियल शंखरापुरका इन्चार्ज निखिल दुलाल,नगर अध्यक्ष अर्जुन घ्लान तथा सचिव दिनेश तिवारीको समेत उपस्थिति थियो| सो कार्यक्रम नेकपा माओबादी केन्द्र शंखरापुर नगर कमिटी सदस्य किशोर घ्लानले संचालन गरेका थिए| उक्त्त कार्यक्रम शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंहपौवा स्थित सामुदायिक भवनमा भएको थियो|  उक्त भेलाबाट कर्म बलको संयोजकत्वमा  पार्टी  वडा कमिटी तथा जीवन तामाङ्गको संयोजकत्वमा वाइसिएल् वडा   कमिटी गठन भएको छ|माओबादी केन्द्र अब निरन्तर रुपमा सबै वडामा कमिटी निर्माणमा लागेको शंखरापुर नगर कमिटी अध्यक्ष निरज केसी बताउनुहुन्छ|

जहरसिंहपौवा यातायातका बसमा अबदेखि क्युआर कोड स्क्यान गरि भाडा तिर्न सकिने

पूर्वी काठमाडौँ नयाँ शहरी बिकास परियोजना रोक्न माग गर्दै शंखरापुरमा बुझाइयो ध्यानाकर्षण पत्र