साउन ३२ काठमाडौँ|
काठमाडौँ पूर्वका तीन वटा नगरपालिका शंखरापुर, कागेश्वोरी मनोहरा तथा गोकर्णेश्वोरले संयुक्त रुपमा शुरु गर्न लागेको पूर्वी नयाँ शहरी बिकास आयोजनाको बिषयको बिरोध शुरु भएको छ| शंखरापुर नगरपालिका वडा नं ९को कार्यालमा आज आयोजित एक कार्यक्रममा पूर्वी शहरी बिकास सरोकार समितिका अध्यक्ष धर्मराज कार्की लगायतको टोलीले सम्बन्धित निकायलाई ध्यान्याकर्षण पत्र बुझाएको हो| यस परियोजनाबाट नगरपालिका वडा नं ९ का करिव १०० जना भन्दा बढी पिडित जनताले आज सो वडाको कार्यालयमा भेला भई ध्यानाकर्षण पत्र बुझाएका हुन्| शहरी बिकास आयोजना अन्तरगत शंखरापुर नगरपालिका वडा नं ९ को सबै भूभागमा यो परियोजना लागु हुदै छ|
यसघिनै चाबाहिल साँखु सडकको दक्षिण तर्फको पुरै जमिन बिगत ५ बर्षदेखी स्मार्ट सिटि अन्तरगतको परियोजनाले लिएको र हालसम्म पनि उसले यो योजना अगाडी नबढाएकाले सो जमिनमा घर बनाउन तथा अन्य काम गर्न नपाइएको समेत कार्कीले समुदायखबरर्लाई बताउनुभयो| करिव ९० प्रतिशत जनता कृषिमा आश्रित रहेको यस वडामा यस परियोजनाले खेतीयोग्य जमिन समाप्त हुने खतरा समेत रहेको छ| शंखरापुर नगरपालिकाले यहाका जनतासंग सल्लाह नगरी यो योजना एकालौटि हिसाबले लादेको र यो कुनै पनि हिसाबले जनहितमा नभएको समेत बताउनुभयो| यस परियोजनाले महाभुकम्प ०७२ मा घर भत्किएका लाभग्राहिले नयाँघर बनाउने र जमिन बेच्न वा बैकिंङ कारोबार गर्न तथा कित्ताकाट गर्न समेत रोकेको छ |
सो अवसरमा आफ्नो भनाई राख्दै कानुन व्यवसायी रबि सिलवालले स्थानिय सरोकारवाला निकायसंग यो जनविरोधी परियोजना तुरुन्त खारेज गर्न माग समेत गर्नुभयो| साथै उहाले यसबाट ठुला जग्गा ब्यवसायी मात्र मोटाउने समेत बताउनुभयो| त्यसैगरि शंखरापुर नगरपालिका वडा नं ९ का अध्यक्ष घनश्याम थापाले आफुलाई यस परियोजनाबाट पटक-पटक जग्गाको कित्ताकाट तथा अन्य सिफारिस रोक्क पत्र आएको भएतापनि आफुलाई ५ बर्षका लागि यहाँका जनताले अनुमोदन गराएकाले जनताको सल्लाह र सुझावबिना कुनै पनि निर्णय नलिने समेत बताउनुभयो| सो ध्यानाकर्षणपत्र सरोकार समितिका अध्यक्ष धर्मराज कार्कीले बाचन गरेर सुनाउनुभएको थियो|