भदौ १४, काठमाडौँ|

नेकपा एमालेको शंखरापुर नगर कमिटी नवगठित नेकपा (एकीकृत समाजबादी )मा रुपान्तरण भएको छ| नबौ महाधिबेशनमा शंकरमान श्रेष्ठको नेतृत्वमा गठित ८१ सदस्यिय नगरकमिटीको बहुमत पदाधिकारी तथा सदस्यसहित आज साँखुमा आयोजित एक कार्यक्रमका बीच माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजबादि)मा रुपान्तरण भएको हो| नेकपा एमाले शंखरापुर नगर कमिटिका तत्कालिन अध्यक्ष शंकरमान श्रेष्ठ, सचिव सुमन श्रेष्ठ तथा उपाध्यक्ष सुधा सुबेदी लगायत अधिकाश पदाधिकारी सहितको कमिटि   नेकपा (एकीकृत समाजबादी) मा समाहित भएको हो| सो कार्यक्रममा नेकपा एकीकृत समाजबादी प्रदेश कमिटि सदस्य कर्ण बहादुर कार्की, शंखरापुर नगर उपप्रमुख तथा प्रदेश कमिटि सदस्य सुक्रलक्ष्मी श्रेष्ठ,नेकपा एकीकृत सामाजबादी काठमाडौँ जिल्ला कमिटी उपसचिव एल पी श्रेष्ठ, जिल्ला कमिटि सदस्य तथा शंखरापुरका इन्चार्ज शम्भु प्रसाद दुलाल तथा अन्य जिल्ला कमिटि तथा नगर कमिटिका सदस्यहरुको उपस्थिति थियो|

त्यसैगरी शंखरापुर नगरपालिका वडा नं ९का अध्यक्ष घनश्याम थापाको उपस्थिति थियो| शंखरापुर नगरपालिकाका अधिकाश जनप्रतिनिधिको उपस्थिति रहेको उक्त्त कार्यक्रम नेकपा एकीकृत समाजबादीका नगर कमिटि सचिव अमृत प्रसाद दंगालले संचालन गर्नुभएको थियो| आज सम्पन्न बैठकबाट वडा कमिटि गठन गर्न बाँकी रहेका वडाहरुमा यहि भदौ २६ गतेभित्र गठन गरिसक्ने निर्णय समेत गरिएको नेकपा एकीकृत समाजबादी शंखरापुका सचिव अमृत प्रसाद दंगालले जानकारी दिनुभयो|

 

पूर्वी काठमाडौँ नयाँ शहरी बिकास परियोजना रोक्न माग गर्दै शंखरापुरमा बुझाइयो ध्यानाकर्षण पत्र

शंखरापुर नगर उपप्रमुख सहित ८ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजबादी