भदौ १८ काठमाडौं।

शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ सहित ८ जना जनप्रतिनिधिले एकीकृत समाजबादीमा सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा आज शंखरापुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष घनश्याम थापा, शंखरापुर नगर कार्यपालिका सदस्यहरु बुद्धिमाया तामाङ, तिल कुमारी दमाई, अनिल परियार तथा ज्ञानु पोखरेलले शशरिर उपस्थित भई सनाखत गर्नुभएको हो।त्यसैगरी शंखरापुर नगरपालिका वडा नं २ का सदस्यहरु कृष्ण बहादुर गुरुङ तथा शिव प्रसाद दंगालले समेत एकीकृत समाजबादीको पक्षमा सनाखत गरेका हुन। सो अवसरमा एकीकत समाजबादीका प्रतिनिधि सभा सदस्य जिवनराम श्रेष्ठ तथा एकीकृत समाजबादी काठमाडौं जिल्ला अध्यक्ष वसन्त मानन्धर तथा कुसुम कार्किको उपस्थिति थियो।यो नगरपालिका एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालको क्षेत्रमा पर्छ।

नेकपा (एमाले) शंखरापुर नगर कमिटी नेकपा (एकीकृत समाजबादी)मा रुपान्तरण

राप्रपाले छापभञ्ज्याङ केराबारी सडकको पहिरो पन्छायो